सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपीमा आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार १४:१२ 
  • धरान, २७ साउन । जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो ।
    बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताउनुभयो । “विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ । यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ”, उहाँले भन्नुभयो । शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको थियो । जन्मँदा नानीको स्वरुप नै बिग्रिएको थियोे शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताउनुभयो । शल्यक्रियापछि घाउ पाकेकाले आज चिकित्सकको सल्लाहअनुसार ‘फलोअप’मा राखिएको छ ।
    पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ । यसअघि भारत तथा काठमाडौँका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गथ्र्योे तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ । औषधि तथा अन्य सबै गरेर रू ५० हजारमा उपचार हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.