चितवन सेरोफेरो

स्थानीय जातका गाई संरक्षण गर्न एक करोड अक्षयकोष स्थापना
-न्युजभित्तो

चितवन, २१ कात्तिक । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो ।...

भरतपुर अस्पतालमा ‘निलो रूख’
-न्युजभित्तो

चितवन, २० कात्तिक । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ। मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद...

बागेश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौं कथा कार्यक्रम
-न्युजभित्तो

चितवन, १३ कात्तिक । तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, बागेश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा...

चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण
-न्युजभित्तो

चितवन, १२ कात्तिक । चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो ।भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन...

गरिमा विकास बैंक गैंडाकोट शाखाद्वारा वित्तिय साक्षरता सहित सडक बत्ती हस्तान्तरण
-न्युजभित्तो

गैंडाकोट, १० कात्तिक । गरिमा विकास बैंक लिमिटेडले वित्तिय साक्षरता प्रदान गर्दै सडक बत्ती हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं ७ स्थित पिस पार्क टोल विकास संस्थालाई सडक बत्ती हस्तान्तरण गरेको हो...

माडी र ठोरी क्षेत्रका बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन चितवन निकुन्जको आग्रह
-न्युजभित्तो

चितवन, ११ कात्तिक । जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो...

भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा
-न्युजभित्तो

चितवन, ९ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनुभएको छ । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर आज यहाँ आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको...

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
-न्युजभित्तो

चितवन, ९ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिनुभएको छ । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट...

चितवनका सीडीओ र एसपी सरुवामा रास्वपाको विरोध
-न्युजभित्तो

चितवन, ८ कात्तिक । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले सरुवा गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । सरकार र प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै उनीहरुलाई सरुवा...

स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
-न्युजभित्तो

मुग्लिन (चितवन), ८ कात्तिक । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित...