सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै


  •    न्युजभित्तो/९ माघ २०८१, बुधबार १४:४१ 
  • मुग्लिन (चितवन), ९ माघ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि उद्योग वाणिज्य सङ्घको आयोजनामा १५औँ संस्करणको चितवन महोत्सव जारी छ । यहाँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी व्यापारिक कक्ष (स्टल) रहेका छन् ।

    त्यसमध्येको एक स्टल हिमालयन चियाको छ । उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुःशल्क रुपमा महोत्सव घुम्न आएकालाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भीड नै लाग्ने गरेको छ ।

    नेपाली चियाको प्रवर्द्धन एवं युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताउनुभयो । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उहाँले बताउनुभयो । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

    नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक रु आठ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ ।

    कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुस २५ बाट सुरु भएको थियो भने यही माघ १० गतेसम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.