सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस् : चौतारी महासचिव लामा


  •    न्युजभित्तो/६ माघ २०८१, आईतवार १८:५४ 
  • चितवन, ६ माघ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्न पत्रकारहरु सचेत र जागरुक हुनुपर्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको ब्यापार फस्टाइरहेकोले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मीहरु दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।

    ‘सरकारका विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्दै नेतृत्वको तेजोबोध गर्ने प्रवृति बढेको छ’ उहाँले भन्नुभयो, ‘म पत्रकार साथीहरुलाई भन्न चाहन्छु तपाईहरुका कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्दछ ।

    संगठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भुमिकाको विषयमा आफ्नो धारणा राख्दै महासचिव लामाले पत्रकारको क्षमता बिकास र सुरक्षाको सबालमा पनि संबेदनसिल भएर काम गर्नुपर्ने बताउनुभयो ।

    प्रेस चौतारी नेपाल बाग्मती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बाग्मती प्रदेशका जिल्लाका अध्यक्षहरु, केन्द्रीय सदस्यहरु लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरुका समस्या र सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए । नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठबुँदे घोषणापत्र समेत जारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.