आठ बुँदे घोषणापत्र जारी गर्दै चौतारी बागमतीको पूर्ण बैठक सम्पन्न
न्युजभित्तो/६ माघ २०८१, आईतवार १६:५१
चितवन, ६ माघ । “समृद्धिको लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक शनिबार मौलाकालिकामा सम्पन्न भयो । आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो ।
पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता भएको बैठकको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामा हुनुहुन्थ्यो । जारी घोषणापत्रमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ । घोषणापत्रमा भनिएको छ “विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।”
स्वरोजगाार मिडियाको संरक्षण र प्रबद्र्धनका लागि विशेष जोड दिंदै घोषणापत्रमा अगाडि भनिएको छ “स्वरोजगार मिडियाको संरक्षण प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ ।” स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता÷नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन समेत बैठकले माग गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई समेत ज्ञापन गरिएको छ ।
प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प पनि बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ “पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौं ।”
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ “सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौं । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौं ।”
चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन), प्रेम दाहाल (सिन्धुली)ले तयार गर्नुभएको घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महत लगायतको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले माग समेत गरेको छ ।
(घोषणापत्रको पूर्ण पाठ)
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी तेश्रो पूर्ण बैठक २०८१–१०–०५
मौलाकालिका घोषणापत्र–२०८१
“समृद्धिको लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक यही मिति २०८१ माघ ५ गते चितवन जिल्लास्थित नारायणगढको काखैमा रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामाको प्रमुख आतिथ्यतामा बस्यो । बैठकमा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हकहित, सुरक्षा एवं आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा व्यापक छलफल भयो । बैठकले निम्न अनुसारको ८ बुँदे मौलाकाली घोषणापत्र–२०८१ जारी गरेको छ ।
१) गत मंसिर २८ गते सम्पन्न श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै विजयी सबैलाई यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।
२) यो बैठक नेपालका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प गर्दछ । पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछ ।
३) यो बैठक नेकपा (एमाले) का श्रद्देय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार निर्माण भई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछ । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछ ।
४) यो बैठक प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको चितवनमा हुन गईरहेको अधिवेशनलाई भव्यताकापूर्वक सफल पार्न सम्पूर्ण पत्रकार एवं शुभेच्छुकहरुलाई हार्दिक अपिल गर्दछ ।
५) यो बैठक श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै समय सापेक्ष तलब बृद्धिका लागि जोडदार माग गर्दछ । विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।
६) यो बैठक पछिल्लो समय श्रमजीवी पत्रकारहरु आफैले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ । यसैगरी स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता÷ नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन यो बैठक सूचना तथा प्रविधि मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।
७) यो बैठक हाम्रो गौरवशाली संगठनका सदस्यहरु भूपराज पाठक (चितवन), फणी महत (रौतहट) स्वास्थ्य समस्याको कारण लामो समयदेखि अस्पतालमा उपचाररत रहनु भएकोले उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
८) चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि यो बैठक माग गर्दछ ।
घोषणापत्र तयारी समिति सरिता दाहाल (मकवानपुर) तिलक रिमाल (चितवन) प्रेम दाहाल (सिन्धुली)
चितवन, ६ माघ । “समृद्धिको लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक शनिबार मौलाकालिकामा सम्पन्न भयो । आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो ।
पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता भएको बैठकको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामा हुनुहुन्थ्यो । जारी घोषणापत्रमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ । घोषणापत्रमा भनिएको छ “विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।”
स्वरोजगाार मिडियाको संरक्षण र प्रबद्र्धनका लागि विशेष जोड दिंदै घोषणापत्रमा अगाडि भनिएको छ “स्वरोजगार मिडियाको संरक्षण प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ ।” स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता÷नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन समेत बैठकले माग गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई समेत ज्ञापन गरिएको छ ।
प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प पनि बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ “पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौं ।”
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ “सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौं । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौं ।”
चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन),
प्रेम दाहाल (सिन्धुली)ले तयार गर्नुभएको घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महत लगायतको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले माग समेत गरेको छ ।
(घोषणापत्रको पूर्ण पाठ)
प्रेस चौतारी नेपाल
बागमती प्रदेश कमिटी
तेश्रो पूर्ण बैठक
२०८१–१०–०५
मौलाकालिका घोषणापत्र–२०८१
“समृद्धिको लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक यही मिति २०८१ माघ ५ गते चितवन जिल्लास्थित नारायणगढको काखैमा रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामाको प्रमुख आतिथ्यतामा बस्यो । बैठकमा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हकहित, सुरक्षा एवं आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा व्यापक छलफल भयो । बैठकले निम्न अनुसारको ८ बुँदे मौलाकाली घोषणापत्र–२०८१ जारी गरेको छ ।
१) गत मंसिर २८ गते सम्पन्न श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई यो बैठक हार्दिक आभार प्रकट गर्दछ । साथै विजयी सबैलाई यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।
२) यो बैठक नेपालका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प गर्दछ । पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछ ।
३) यो बैठक नेकपा (एमाले) का श्रद्देय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार निर्माण भई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछ । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पु¥याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछ ।
४) यो बैठक प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको चितवनमा हुन गईरहेको अधिवेशनलाई भव्यताकापूर्वक सफल पार्न सम्पूर्ण पत्रकार एवं शुभेच्छुकहरुलाई हार्दिक अपिल गर्दछ ।
५) यो बैठक श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै समय सापेक्ष तलब बृद्धिका लागि जोडदार माग गर्दछ । विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।
६) यो बैठक पछिल्लो समय श्रमजीवी पत्रकारहरु आफैले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ । यसैगरी स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता÷ नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन यो बैठक सूचना तथा प्रविधि मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।
७) यो बैठक हाम्रो गौरवशाली संगठनका सदस्यहरु भूपराज पाठक (चितवन), फणी महत (रौतहट) स्वास्थ्य समस्याको कारण लामो समयदेखि अस्पतालमा उपचाररत रहनु भएकोले उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
८) चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि यो बैठक माग गर्दछ ।
घोषणापत्र तयारी समिति
सरिता दाहाल (मकवानपुर)
तिलक रिमाल (चितवन)
प्रेम दाहाल (सिन्धुली)