चार सडक १२ मिटर फराकिलो बनाउँदै भरतपुर १२, अतिक्रमित संरचना हटाउन अनुरोध
न्युजभित्तो/४ माघ २०८१, शुक्रबार १८:५०
भरतपुर, ४ माघ । भरतपुर महानगरपालिका वडा नं. १२ ले वडाभित्रका चार वटा मुख्य सडकलाई १२ मिटर फराकिलो बनाउने भएको छ । सडक फराकिलो बनाउने प्रयोजनका लागि वडाले अतिक्रमित संरचना हटाउन अनुरोध समेत गरेको हो ।
भरतपुर १२ का वडा अध्यक्ष लेखराज (हरि) पन्तका अनुसार अन्तशुल्क (भ्याट) कार्यालयचोकदेखि दीपेन्द्रटोलसम्मको सडक १२ मिटर फराकिलो बनाईने भएको छ । यसैगरी हुलाकचोकदेखि आनन्दचोक, आस्थाचोकको राजमार्गदेखि नौरंगेसम्म र परिवार नियोजन चोकदेखि घोलबजारसम्मको सडक पनि १२ मिटर फराकिलो बनाईने भएको छ ।
उक्त चार वटा सडक १२ मिटर फराकिलो मापदण्डभित्र भएकाले १५ दिनभित्र मापदण्डभित्र परेका संरचना भत्काई सहयोग गरिदिनु उहाँले आग्रह गर्नुभयो । सडक अतिक्रमण गरी गेटमा बनाईएका ¥याम्प पनि भत्काईदिन उहाँले आग्रह गर्नुभएको छ ।