चितवनमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते
न्युजभित्तो/३० आश्विन २०७६, बिहीबार ०७:५६
चितवन । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१०, सिर्जनाचोकमा गएराति ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४, यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।