चितवन सेरोफेरो

चितवनमा थपिए ११ जना कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा आज शुक्रबार गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको ११४ नमूनामध्ये ११ वटा मात्रै पोजेटिभ आएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ५ पुरुष र ४ महिला,...

मतदानद्वारा वडा कार्यालयको टुङ्गो
-न्युजभित्तो

चितवन । इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद...

चितवनमा चाडपर्वका समयमा दुर्घटना बढी
-न्युजभित्तो

चितवन । जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३०...

तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुँदै
-न्युजभित्तो

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र...

चितवनमा घरमै बसेर छठ मनाउन आग्रह
-न्युजभित्तो

चितवन । यस वर्ष घरमै बसेर छठ पर्व मनाउन आग्रह गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नदी तथा जलाशय किनारमा भिडभाड नगरी घरमै बसेर पर्व मनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय...

संक्रमण फैलिएपछि सिमिकोटमा आवतजावतमा रोक
-न्युजभित्तो

सिमिकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आज बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै...

नारायणगढ मुग्लिन सडकमा मोटरसाईकल दुर्घटना हुँदा पर्वतका एकको मृत्यु, एक गम्भीर घाईते
-न्युजभित्तो

चितवन । नारायण–मुग्लिन सडक खण्डमा आज बुधबार मोटरसाईकल दुर्घटना हुँदा पर्वतको आर्थरका एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना गम्भीर घाईते भएका छन् । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ चेपाङडाँडास्थित सडकबाट मोटरसाईकल अनियन्त्रित भई ५० मिटर...

सौराहामा आवासीय पर्यटक कम, घुम्ने फर्किने धेरै
-न्युजभित्तो

नारायण अधिकारी चितवन, (रासस) । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् । दशैँं टीकाको भोलिपल्टदेखि केही दिन...

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट पाण्डेद्वारा राजीनामा
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले दुई महिनामा मै राजीनामा दिनुभएको छ । गत भदौ २८ गतेदेखि हाजिर हुनु भएका उहाँले आज बुधबार राजीनामा दिनुभएको हो । उहाँले जिम्मेवारीबाट पछि हट्दै स्वास्थ्य मन्त्रालयमा राजीनामा दिनुभएको हो।...

तनहुँको मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना, एकको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा...