नारायणगढ मुग्लिन सडकमा मोटरसाईकल दुर्घटना हुँदा पर्वतका एकको मृत्यु, एक गम्भीर घाईते
न्युजभित्तो/३ मंसिर २०७७, बुधबार २०:०३
चितवन । नारायण–मुग्लिन सडक खण्डमा आज बुधबार मोटरसाईकल दुर्घटना हुँदा पर्वतको आर्थरका एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना गम्भीर घाईते भएका छन् । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ चेपाङडाँडास्थित सडकबाट मोटरसाईकल अनियन्त्रित भई ५० मिटर तल त्रिशुली नदीमा खस्दा घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाईकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १४ बस्ने वर्ष २६ का भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाईकल चालक अनिल विक गम्भीर घाईते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ७ प २०२३ नम्बरको मोटरसाईकल साँझ ५ः५० बजेको समयमा अनियन्त्रित त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा परी गम्भीर घाईते क्षेत्रको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारको क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । गम्भीर घाईते विकको सोही अस्पतालमा उपचार भईरहेको छ ।