चितवन । यस वर्ष घरमै बसेर छठ पर्व मनाउन आग्रह गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नदी तथा जलाशय किनारमा भिडभाड नगरी घरमै बसेर पर्व मनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भिडभाडयुक्त कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको भन्दै समितिले प्रशासनको आग्रह र स्वास्थ्यलाई मध्यनजर गर्दै घरमै मनाउन आग्रह गरेको जनाएको छ ।
समितिका संस्थापक उपाध्यक्ष राजकुमार गुप्ताले जो जहाँ छौँ, त्यही बसेर छठ पर्व मनाउन आग्रह गरिएको बताउनुभयो । विगतमा नारायणी नदी किनारमा व्यवस्थितरुपमा सजाएर पूजा गर्ने गरिएको भए पनि यस वर्ष कुनै काम गरिएको छैन ।
उहाँका अनुसार विसं २०२२ देखि नारायणगढको लीलाचोकबाट छठ पर्व मनाउन शुरु गरिएकामा विस्तारै भक्तजनको सहभागिता बढ्दै गएपछि नारायणी नदी किनार, माडी, पदमपुर, टाँडी, खैरहनी, लोथर, भण्डारालगायत स्थानमा नदी तथा खोला किनारमा छठ पर्व मनाउने गरिएको थियो । रासस