चितवन सेरोफेरो

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
-न्युजभित्तो

टीकापुर, २६ मङ्सिर । महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ ।...

सबै धर्म, संस्कृति र समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रमुख दाहाल
-न्युजभित्तो

भरतपुर, २५ मंसिर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्जमा रहेको ङाग्युर शेराबलिङ्ग गुम्बा शिलान्यास कार्यक्रममा आज बिहीबार प्रमुख अतिथि दाहालले...

महानगरका विपद्मा काम गर्ने कर्मचारीलाई तालिम
-न्युजभित्तो

भरतपुर, २५ मंसिर । भरतपुर महानगरमा पहिलो पटक आगो नियन्त्रण सम्बन्धमा तालिम सञ्चालन गरिएको छ । बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोपिखम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । महानगरको विपद् शाखाले...

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चोरी शिकार रोक्न विशेष गस्ती
-न्युजभित्तो

रसुवा, २५ मङ्सिर । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो । समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न...

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताद्वारा शिक्षक हत्याको भत्र्सना
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज...

सातदिने नाटक अभिनय प्रशिक्षण
-न्युजभित्तो

काठमाडौँ २५ मङ्सिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन...

टेलिकममा तालाबन्दी
-न्युजभित्तो

हुम्ला, २५ मङ्सिर । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको सङ्घका...

नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै
-न्युजभित्तो

-आचार्य, कावासोती, २५ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्याङ्क अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ...

काँग्रेसका महामन्त्री डा कोइराला भन्नुहुन्छ:महाधिवेशन फागुनमा सम्भव छैन
-न्युजभित्तो

चितवन, २५ मङ्सिर । नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताउनुभएको छ । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट...

गलकोटमा प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि
-न्युजभित्तो

बागलुङ, २५ मङ्सिर । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ ।अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गर्नुभयो । यसअघि नगरसभाले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास...