सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सातदिने नाटक अभिनय प्रशिक्षण


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार १६:२७ 
  • काठमाडौँ २५ मङ्सिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार धनगढीको प्रशिक्षणमा सहभागी १५ प्रशिक्षार्थीलाई नाट्यकर्मी नरेन्द्र बराल र नेपालगञ्जका २५ प्रशिक्षार्थीलाई वरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालले नाटक अभिनयका विविध पक्षमा प्रशिक्षण दिइरहनुभएको छ ।

    कोरोना महामारीले ठप्पप्रायः नाट्यकर्मलाई सावधानीपूर्वक विस्तारै चलायमान बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । नेपाली नाट्य क्षेत्रलाई बृहत् बनाउन काठमाडौँ केन्द्रित नाट्यकर्मलाई देशका शहरमा विस्तार गर्ने उद्देश्यले नाटक अभिनय प्रशिक्षणको थालनी गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.