सबै धर्म, संस्कृति र समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रमुख दाहाल
न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार २०:५५
भरतपुर, २५ मंसिर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्जमा रहेको ङाग्युर शेराबलिङ्ग गुम्बा शिलान्यास कार्यक्रममा आज बिहीबार प्रमुख अतिथि दाहालले धार्मिक एवं साँस्कृतिक जगेर्ना र विकासका लागि निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त गरेको भन्दै उहाँले भन्नुभयो “सबै धर्म, संस्कृति र समुदायको संरक्षण र सवद्र्धन गर्न राज्यको पूर्ण दायित्व हो ।” यस गुम्बामा पनि महानगरपालिकाकै सक्रियतामा पुनर्निर्माणको काम भएको उहाँले जानकारी दिनुभयो ।
महानगरबाटै पुनर्निर्माण विभागलाई सिफारिसका आधारमा बजेट ल्याउन सम्भव भएको भन्दै प्रमुख दाहालले महानगरपालिकाको तर्फबाट पनि आउँदा दिनमा सहयोग हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा प्रमुख दाहालले वडा न १५ को वडा कार्यालय पनि सानो र साँघुरो भएको आफूलाई महसुस भएको भन्दै जग्गाको व्यवस्था गरी आवश्यक प्रस्ताव लिएर आउन वडा अध्यक्षलाई निर्देशन समेत दिनुभयो । भरतपुर महानगरपालिकाले महानगरीय गुरूयोजना बमोजिम समग्र विकासमा जोड दिएको भन्दै उहाँले भरतपुर महानगरपालिकाले बितेको ३ वर्षमा महानगरभित्र उल्लेख्य विकास निर्माण र सुशासन कायम राख्न सक्षम भएको बताउनुभयो ।
गौरवको आयोजनाको रूपमा लिएको रिङरोड, लिङ्करोड, पुल चोक गोन्द्राङ ६ लेन सडक, शहरका मुख्य सडकहरूमा स्मार्ट स्ट्टिट लाइट जडान, महानगरीय सिटीहल, हुलाकी सडकको स्तरोन्नति नारायणी नदी किनारलाई सिवीच मोडलको रूपमा विकास गर्ने काम धमाधम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा न १५ का वडा अध्यक्ष शम्भुबहादुर भण्डारीले निर्माणाधीन गुम्बाले तामाङ लामा समुदायको धर्म, संस्कृति र यस समुदायको शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेकपा चितवनका सदस्य अन्जनकुमार तिमिल्सिनाले यस गुम्बा निर्माणले लामा तामाङ समुदायको धर्म संस्कृतिको संवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस गुम्बा निर्माण सम्पन्न गर्न आफ्नो पार्टीको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका न्यायिक समितिका सदस्य तथा नेपाली कांग्रेस नगर सभापति भरत अधिकारीले तामाङ्ग समुदायको यो प्रसिद्ध गुम्बा निर्माण समयमै गुणस्तरीय ढंगले पूरा हुनुपर्ने बताउनुभयो ।
गुम्बाका अध्यक्ष सोमबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको ४२ लाख रुपैयाँ र स्थानीयको सहयोगबाट ६५ लाख रूपैयाँको लागतमा गुम्बा निर्माण हुन लागेको हो ।