सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चोरी शिकार रोक्न विशेष गस्ती


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार १६:४९ 
  • रसुवा, २५ मङ्सिर । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ ।

    हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो ।

    समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु गाउँबस्ती आसपासका जङ्गलमा बासस्थान लिन थालेको र यही समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा विशेष गस्ती गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।

    रसुवा, नुवाकोट तथा सिन्धुुपाल्चोक जिल्लाको उच्चभागका एक हजार ७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र करिब ४६ प्रजातिका स्तनधारी जनावर रहेको बताइएको छ । तीमध्ये अधिकांश जनावरले चिसो छल्न बेँसी झर्ने र वसन्त ऋतुको आगमनपछि यथास्थानमा फर्कने गरेको वन प्राविधिकहरुको भनाइ छ ।

    सुरक्षाका लागि यहाँ नेपाली सेना कालीजङ गण कार्यरत रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको वन, वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधता संरक्षणका लागि तीनवटै जिल्लाको आफ्ना आधार इलाकामा दर्जनांै सुरक्षा पोष्ट स्थापना गरी सुरक्षा अङ्ग र निकुञ्ज प्राविधिकको संयुक्त गस्ती टोलीले वन जङ्गलको अनुगमन गरिरहेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो ।

    भालु, बँदेल, चरीबाघ, हिउँ चितुवा, ब्वाँसो, आस्मिज, बाँदर, कस्तुरी मृग, स्याल, रातोहाब्रे जस्ता विविध जनावर निकुञ्ज क्षेत्रमा रहेका छन् । कालो भालु तथा बँदेलले आफ्नो रैथाने बासस्थान छोडृर जाडोयामभर आहाराको खोजीमा मानवबस्तीको आसपाससम्म पुग्न सक्ने बताउँदै वन्यजन्तुविद् डा मुकेश चालिसेले यस्ता जनावरबाट हुनसक्ने मानव आक्रमणप्रति सावधानी अपनाउन जरुरी रहेको जानकारी दिनुभयो ।

    जाडोयाममा मानवबस्तीका आसपासमा पुगेका भालुले गत आर्थिक वर्षमा नौ जनालाई आक्रमण गरेको थियो । यस्ता जोखिम न्यूनीकरणका लागि जङ्गलमा चौपाया चराउँदा वा खेतबारीमा काम गर्दा, बिहानबेलुका हिँडडुल गर्नुपर्दा साथीको साहरा लिन आग्रह गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

    त्यस्तै पक्षीतर्फ निकुञ्जमा २५० भन्दा बढी चराचुरुङ्गी रहेका छन् । चिसोयाममा केही प्रजातीका चरासमेत घुमन्ते फिरन्ते हिसाबले बेँसीतर्फ झर्ने गरेको वन प्राविधिकको भनाइ छ । समग्रमा जैविक विविधता संरक्षण गर्ने आम नागरिकको साझा दायित्व भएकाले वन्यजन्तु चोरी शिकार रोक्नका लागि सहयोग गरिदिन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.