भरतपुर, २५ मंसिर । भरतपुर महानगरमा पहिलो पटक आगो नियन्त्रण सम्बन्धमा तालिम सञ्चालन गरिएको छ । बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोपिखम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
महानगरको विपद् शाखाले विपद्मा परेका व्यक्तिहरुलाई विना तालिम उद्धार गरिरहेको अवस्थामा यस तालिमले कर्मचारीहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने विश्वास लिईएको छ । सरकारी निकाय तथा समुदायको सहभागितामा विपतसँग लड्नको लागि तालिम सञ्चालन गरिएको फरवार्ड नेपालका कार्यक्रम संयोजक ऋषिकेश ढकालले बताउनुभयो । महानगरमा विपद्को खाडल रहेको भन्दै उहाँले महानगरको विपद्लाई सहयोग गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
समुदाय तथा नगरपालिका स्तरमा शहरी विपद् जोखिम व्यवस्थापनको लागि तालिम सञ्चालन गरिएको भरतपुर महानरपालिकाको विपद् व्यवस्थापन महाशाखा प्रमुख जीवलाल कुँवरले बताउनुभयो । पछिल्लो समय महानगरमा जनघनत्व बढ्दै गएको र आगलागी जस्ता जोखिमलाई मध्यनजर गरेर तालिमको आयोजना गरिएको महाशाखा प्रमुख कुँवरले बताउनुभयो । तालिमले प्रभावकारी रुपमा आकस्मिक प्रतिकार्य तथा जोखिम न्यूनिकरणको लागि समुदाय तथा महानगरपालिकामा विपद् पूर्वतयारिमा सवलिकरण गर्न तालिमले सहयोग पुयाउने अपेक्षा गरिएको कुँवरले बताउनुभयो ।
युरोपियन यूनियनको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत भरतपुर महानगरको सहकार्यमा विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह फरवार्ड नेपालको स्थानीय साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।
तालिमका सहभागिहरुलाई सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारको तालिम दिईने प्रशिक्षक किशोरकुमार भट्टराईले बताउनुभयो । सहभागिहरुलाई कस्तो प्रकारको दुर्घटना हँुदा कसरी उद्धार गर्ने, आगलागी हुँदा कसरी नियन्त्रण गर्ने लगायतका विविध विषयमा तालिम सञ्चालन गरिने उहाँले बताउनु भयो । ।
मंसिर २४ गतेबाट सञ्चालन भएको तालिम मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नगर प्रहरी, भरतपुर महानगरपालिकाको बारुण यन्त्रका कर्मचारी र विपद् व्यवस्थापन महाशाखाका गरी बीस जनाको सहभागिता रहेको छ ।