सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गलकोटमा प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि


  •    न्युजभित्तो/२५ मंसिर २०७७, बिहीबार १४:१९ 
  • बागलुङ, २५ मङ्सिर । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ ।अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गर्नुभयो । यसअघि नगरसभाले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । सो विषय चालु आवको नीति तथा कार्यक्रममासमेत समावेश थियो ।

    नगरप्रमुख भरत शर्मा गरैले नगर अस्पतालको योजना कार्यान्वयनमा आएको जानकारी दिनुभयो । “अब पूर्वाधार, जनशक्ति र सेवाको स्तर पनि क्रमशः थपिँदै जान्छ”, उहाँले भन्नुभयो, “अस्पतालमा २५ शय्या पु¥याउने लक्ष्य छ ।” नगर अस्पतालमा स्तरवृद्धि गर्ने निर्णयसँगै थप चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेको गरिएको उहाँको भनाइ छ ।
    अहिले केन्द्रमा आठ शय्या रहेकामा निर्माणाधीन भवन बन्नासाथ शय्याको क्षमता १५ पुग्ने छ । अस्पताल भवन निर्माण अन्तिम चरणमा छ । अहिले पुरानै भवनबाट अस्पताल भइरहेको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा रुपान्तरण भएसँगै उपचार सेवाको स्तर र पहुँच बढाउनुपर्ने चुनौती थपिएको अस्पतालका प्रमुख चिकित्सक अरुण गौतमले बताउनुभयो । सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद अस्पतालको सेवा प्रभावकारी बनाउन आफूहरु लागिपरेको उहाँको भनाइ छ । “छ महिना अघिसम्म मेडिकल अधिकृत म मात्र थिएँ, अहिले दुई जना सेवारत छौँ, प्राथमिक स्वास्थ्य केन्द्र तहमा चाहिने जनशक्तिले बल्ल पूर्णता पाएको छ, अब नगर अस्पताल भइसकेपछि सोहीअनुसार पूर्वाधार, उपकरण, जनशक्ति र सेवा थप्नुपर्छ”, प्रमुख चिकित्सक गौतमले भन्नुभयो ।

    उहाँका अनुसार १५ शय्याको अस्पतालका लागि तीन जना चिकित्सक र २७ जना स्वास्थ्यकर्मी हुनुपर्ने सरकारी मापदण्ड छ । अहिले अस्पतालमा दुई मेडिकल अधिकृत, तीन अनमी, दुई अहेब, एक हेल्थ असिष्टेन्ट, एक ल्याब टेक्निसियन, एक एम्बुलेन्स चालक र तीन कार्यालय सहयोगी कार्यरत छन् । विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थपेर अस्पतालको सेवालाई थप स्तरीय बनाउने नगरपालिकाको योजना छ ।

    अस्पतालमा हाल आकस्मिक, भिडियो एक्सरे, बहिरङ्ग, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य बीमा, प्रसूतिलगायतका सेवा उपलब्ध छन् । नयाँ भवन प्रयोगमा आएपछि सेवा प्रवाह थप सहज हुने जनाइएको छ । रु पाँच करोड ४५ लाख ३५ हजारको लागतमा अस्पताल भवन बनिरहेको छ ।

    आठ शय्या क्षमताको उक्त भवनमा तला थपेर १५ शय्या पु¥याइने प्रमुख गैरेले बताउनुभयो । नगरपालिकाको योजनामा भने अस्पताललाई २५ शय्याको बनाउने उल्लेख छ । भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ । बुधबारदेखि नै नगरपालिकामा कोभिड–१९ अस्थायी अस्पतालसमेत सञ्चालनमा आएको छ ।

    पाँच शय्याको उक्त अस्पताल आँखा उपचार केन्द्रको भवनबाट सञ्चालित छ । सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल खोल्ने सरकारको योजनाअनुसार सो अस्पताल स्थापना गरिएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.