चितवन सेरोफेरो
चितवन, ८ भदौ । रिमाल समाज चितवनको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले गंगाधर रिमालका अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार प्रेमबस्तीस्थित नवराज रिमाल (शास्त्री) को घरमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो...
चितवन, ६ भदौ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका...
चितवन,५ भदौ । हरितालिका तीजको अवसरमा लैङ्गिक हिंसा प्रभावित, असहाय महिला, किशोरी तथा बालबालिकाहरूलाई लक्षित गरी ‘दर खुवाउने कार्यक्रम’ सम्पन्न भएको छ। तीजलाई आत्मीयता र सामूहिकतासँग जोड्दै क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनको आयोजनामा बुधवार आदर्श गृह नेपालका आश्रित महिला,...
चितवन, ५ भदौं । यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् । गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको...
चितवन, ५ भदौ । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार...
नारायणगढ (चितवन), ५ भदौ । भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् । बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका ...
चितवन, ३ भदौ । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये...
चितवन, २ भदौ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको...
चितवन, २ भदौ । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष...
चितवन, २ भदौ । गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक...
















