सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १६:१५ 
  • चितवन, १४ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको हो ।

    गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएको जनाउँदै सूचना अधिकारी मगरले निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गर्दै आइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.