सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा


  •    न्युजभित्तो/१८ मंसिर २०८२, बुधबार १५:३९ 
  • चितवन, १७ मङ्सिर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो ।

    महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन । उहाँका अनुसार नौ जना कर्मचारी दुई चरणमा रहने गरी खटाइएको छ । एक इलेक्ट्रिसियन, चार नगर प्रहरी र चार सरसफाइकर्मी गृह सञ्चालनका लागि खटाइएको हो ।

    महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । तीमध्येबाट नौ जना व्यवस्थापनमा जुटेका हुन् । थपलियाले शवदाह गृह सञ्चालनमा रहेको जानकारी भइनसकेकाले शव नआएको बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई जानकारी भएसँगै क्रमशः शव आउने छन् । 

    एउटा शव दहनका लागि रु तीन हजार ५०० शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा । झण्डै आधा सस्तो पर्ने गर्दछ । करिब ४५ मिनेटदेखि एक घण्टाभित्रमा शव दहन हुने भएकाले समयको समेत बचत हुने थपलिया बताउनुहुन्छ ।

    वातावरण र सरसफाइमा समेत सहयोगी हुने उहाँको भनाइ छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले सहरी विकास मन्त्रालयसँग आग्रह गरी निर्माण गरिएको विद्युतीय शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

    सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको हो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको हो । गृहमा दुई शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चार शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    वर्षातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो  । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । 

    ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ । वर्षातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.