सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण


  •    न्युजभित्तो/१८ मंसिर २०८२, बुधबार १२:२८ 
  • चितवन, १७ मङ्सिर । जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो । 

    करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच बिघामा पानामा रोगको नयाँ भेरिएन्टको सङ्क्रमण देखिएर केराको गुवो लाग्ने समयमा थामबाट फल बाहिर निस्कन थालेको उहाँले जानकारी दिनुभयो । किसानले नवलपरासीबाट ल्याएर लगाएका बिरुवामा यो समस्या देखिएको रेग्मीले बताउनुभयो । केहीसमय अघिदेखि यो समस्या देखिएपछि अहिले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ र कृषि अनुसन्धान परिषद् (नार्क)मा नमुना पठाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परीक्षण गरेर मात्र ल्याउन उहाँले सबै किसानलाई आग्रह गर्नुभयो ।  

    पश्चिम चितवनमा केराखेती गर्दै आउनुभएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।”

    जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिका फार्मलाई पूर्ण रूपमा निर्मलीकरण नगरी केराका नयाँ बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।

    जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.