चितवन सेरोफेरो
झापा, १२ पुस । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । “हामीले जिप्रकाको आदेशलाई...
सिमकोट, १२ पुस । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता...
बुटवल, १२ पुस । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका...
भरतपुर, १२ पुस । निर्माण शुरु भएको लामो समयसम्म सम्पन्न हुन नसकेको भरतपुरको वाईपास सडक छिटो सम्पन्न माग गर्दै आज आईतबार सडकमा प्रदर्शन भएको छ । भरतपुरका स्थानीयले धुलाम्मे सडकमा बसेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि थानी...
बिराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण...
बिराटनगर, १२ पुस । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय...
मुग्लिन, १२ पुस । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो । ‘हरेक कदमको शुरुआत सपनाबाट हुन्छ’ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट...
चितवन, ११ पुस । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी...
चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको...
मुग्लिन (चितवन), ११ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले...











