सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुरिनटारमा आँखा उपचार केन्द्र सञ्चालन


  •    न्युजभित्तो/११ पुष २०७७, शनिबार ११:२० 
  • मुग्लिन (चितवन), ११ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गर्नुभयो ।

    अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताउनुभयो । भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताउनुभयो । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला गोरखाको गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र सञ्चालन गरिरहेको बताउनुभयो ।

    नेत्रज्योति सङ्घले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत आँखाका रोगको उपचार हुने बताउनुभयो । यहाँ कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीहरुबाट न्यून शुल्क लिने उहाँको भनाइ छ । लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गर्नुभयो । लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.