सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको कदमको समर्थन गर्दै चितवनको कालिकामा दीप प्रज्ज्वलन


  •    न्युजभित्तो/११ पुष २०७७, शनिबार १८:५९ 
  • चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।

    सो अवसरमा पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरी मध्यावधी चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठक बताउनुभयो ।

    प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होईन भोलीलाई हाम्रो समर्थन संस्थापन पक्ष ओलीलाई लगायतका नारा लगाएका थिए ।

    कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिप प्रज्वलन समेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.