चितवन सेरोफेरो

आज दिनभर जसो चितवन, गैंडाकोट र तनहुँको देवघाटमा विद्युत अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, साउन १४ । चितवनमा आज बिहिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ठाउँमा विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२, १३३ र ११९ केभी सबस्टेशनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत...

रत्ननगर निर्माण गरिदै विपद् तथा जलबायु उत्थानशिल योजना
-न्युजभित्तो

चितवन १२ साउन । रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजनाको विषयमा मंगलवार सर्वपक्षिय कार्यशाला गोष्ठी गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायमा व्यवस्थापनलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयबस्तु र कार्ययोजनाको...

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड
-न्युजभित्तो

गण्डकी, १२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले...

अण्डाको मूल्य हालसम्मकै उच्च, गतिलिदैै पोल्ट्री व्यवसाय
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ११ साउन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र...

बर्सातका कारण नारायणगढ–बुटवल सडक विस्तार सुस्त
-न्युजभित्तो

नवलपुर, ११ साउन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन । कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन शुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको...

क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा
-न्युजभित्तो

चितवन, ११ साउन । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत...

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ
-न्युजभित्तो

वाग्मती, १० साउन । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा...

एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री
-न्युजभित्तो

वाग्मती, १० साउन । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४।१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको...

हुप्सेकोट गाउँपालिका आज वन्द हुने
-न्युजभित्तो

नवलपुर, १० साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका...

वृक्षरोपण अभियानमा जुटेका छन् माडीका उपभोक्ताहरु
-न्युजभित्तो

माडी ९ साउन । वृक्षरोपण सप्ताहाको अवसर पारेर माडी नगरपालिका वडा नं ६ र ७ को दक्षिणी क्षेत्रमा विभिन्न जातका विरुवा रोपिएको छ । वातावरण हरियालीका साथ उपभोक्ताहरुलाई चेतनशील बनाएर उत्पादनसँग जोड्ने उद्देश्यले वृक्षरोपण सप्ताहाको अवसर पारेर वृक्षरोपण अभियान...