सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर निर्माण गरिदै विपद् तथा जलबायु उत्थानशिल योजना


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार २०:५४ 
  • चितवन १२ साउन । रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजनाको विषयमा मंगलवार सर्वपक्षिय कार्यशाला गोष्ठी गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायमा व्यवस्थापनलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयबस्तु र कार्ययोजनाको विषयमा गोष्ठीमा छलफल गरिएको छ ।
    राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र एशियाली विपद् पूर्व तयारी केन्द्रको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाले नगर विपद् प्रोफाइल र स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण हुँदैछ । योजना निर्माणको काम बुधवार देखिनै सुरु हुने वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले जानकारी दिनुभयो । योजना निर्माणको लागि १६ वटै वडामा पुगेर विपद् बुझेका, विपद् प्रभावित, रेडक्रस, जनप्रतिनिधि, टोल विकास संस्था र विभिन्न समुह तथा नगर प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तक्रिया गरी नगर प्रोफाइल तयार गर्ने र त्यसपछि योजना निर्माणको काम सुरु हुने श्रेष्ठले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कर्मचारी कृष्णप्रसाद घिमिरेले नेपालमा विपद्को परिदृश्य,जोखिम न्यूनीकरण तथा व्यवस्थापन,केन्द्रका परामर्शदाता यसप्रसाद शुब्बाले स्थानीय विपद् तथा जनबायु उत्थानशिल योजना तर्जुमा र एशियाली विपद् पूर्व तयारी केन्द्रकी परामर्श दाता शक्ति गुरुङले योजना प्रक्रियामा लैङ्गिकता तथा समाबेशीकरणको सवालको विषयमा सहजीकरण गर्नु भएको थियो ।
    कार्यक्रममा वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले विपद् व्यस्थापन र जोखिम न्यूनीकरणको लागि नगरपालिकाले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरप्रमुख नारायण वनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि भरपर्दो आधार तयार गर्न योजना निर्माण गर्न लागिएको बताए । कार्यक्रममा उपप्रमुख विमदा दुवाडी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.