सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वृक्षरोपण अभियानमा जुटेका छन् माडीका उपभोक्ताहरु


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार १८:२७ 
  • माडी ९ साउन । वृक्षरोपण सप्ताहाको अवसर पारेर माडी नगरपालिका वडा नं ६ र ७ को दक्षिणी क्षेत्रमा विभिन्न जातका विरुवा रोपिएको छ । वातावरण हरियालीका साथ उपभोक्ताहरुलाई चेतनशील बनाएर उत्पादनसँग जोड्ने उद्देश्यले वृक्षरोपण सप्ताहाको अवसर पारेर वृक्षरोपण अभियान सञ्चालन गरिएको हो ।

    कल्याणपुर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर चापागाईका अनुसार माडीका विभिन्न क्षेत्रमा व्यवसायिक पशुपालन र मौरीपालन विस्तार हुँदै गएकोले हरियालीसहितको व्यवसाय प्रवद्धन गर्ने उद्देश्यले विभिन्न जातका विरुवाहरु रोप्ने अभियान शुरु गरिएको हो ।

    वाटिका मौरीपालक समूहका अध्यक्ष प्रेमबहादुर विष्टले हाल कल्यापुर मध्यवर्ती सामुदायिक वन र परुई मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुले विरुवा रोपिरहेको बताउनुभयो । उपभोक्ताहरुले पुष्पमदन वाटिका र शनि मन्दिर परिसरलाई हराभरा बनाउने उद्देश्यले विभिन्न विरुवाहरु रोपेका छन् । वृक्षरोपण कार्यलाई विस्तार गर्दै लाने योजना रहेको कल्याणपुर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर चापागाईले बताउनुभयो ।

    यतिबेला चिउरी, टाँकी, कपूर, राजवृक्ष, चाँप, धुपी, कल्की, अमलालगायतका विरुवाहरु रोपिएका छन्। विरुवाहरु राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति ,कार्यक्रम कार्यान्वयन इकाई भरतपुर चितवनले निःशुल्क रुपमा उपलब्ध गराएको हो । निःशुल्क रुपमा घरमै विरुवाहरु उपलब्ध भएपछि उपभोक्ताहरले विरुवा उपलब्ध गराउने संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै उत्साहित भएर वृक्षरोपण कार्यमा सरिक भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.