सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज दिनभर जसो चितवन, गैंडाकोट र तनहुँको देवघाटमा विद्युत अवरुद्ध हुने


  •    न्युजभित्तो/१४ श्रावण २०७८, बिहीबार ०६:३८ 
  • चितवन, साउन १४ । चितवनमा आज बिहिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ठाउँमा विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२, १३३ र ११९ केभी सबस्टेशनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत अबरुद्ध गर्न लागिएको हो ।

    नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि भरतपुर सबस्टेशनबाट वितरित सम्पूर्ण फिडरहरु प्रभावित हुने जनाईएको छ ।

    भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवाा अवरुद्ध हुने शाखाले जनाएको छ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

    यसैगरी बिहान ९ बजेदेखि ४ बजेसम्म जिल्लाका सबै लाईन अवरुद्ध हुने प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नारायणगढ फिड र औद्योगिक फिडरको रामघाट एरियादेखि फूर्तिचोकसम्मको लाईन बेलुका ६ बजेसम्म नै अवरुद्ध हुने केन्द्रले जनाएको छ । समयभन्दा छिट्टै काम सम्पन्न भएमा भने तोकिएको समय अगावै विद्युत आपूर्ति हुन सक्ने जनाईएको छ ।

     

    मिती 2078/04/14 गते बिहिबार का दिन भरतपुर सबस्टेशन भित्र काे 132/ 11 के भि बसबार मर्मतकाे लागि बिहान 9:00 बजे देखि बेलुका 4:00 बजे सम्मलाई चितवन जिल्ला सबै काे लाईन अबरूद्द् हुने जानकारि गराउंद छाै। साथै नारायणगढ फिडर र अाैधाेगि 2 फिडरकाे रामघाट एरियादेखि फूर्ति चाेक सम्मकाे लाईन बेलुका 6:00 बजे सम्मनै अबरूद्द हुनेछ।
    1 Share

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.