सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार १०:४१ 
  • गण्डकी, १२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

    उहाँले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनस्तरबाट शुरु गरी पुम्दीकोटमा यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै उहाँले विगत वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताउनुभयो । प्रदेश सरकारले यस वर्ष पनि रु ५० लाख पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । पुम्दीकोटको महत्वलाई बुझेर क्षमताअनुसार सहयोगका साथै आसपासका बाटोका निर्माणका लागि सङ्घ सरकारसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।

    अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउँदै धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले राज्यस्तर र जनस्तरबाट लगानी भएको यस परियोजनालाई सार्थक बनाउने जिम्मा आफूहरूकै रहेको बताउनुभयो ।

    कार्यक्रममा मन्त्री कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापासहित प्रदेशसभा सदस्यको उपस्थिति थियो । कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरूको निर्माणले यसमा अझै टेवा पुग्ने बताउनुभयो ।

    समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रूप लिएको भन्दै विश्वकै पर्यटक आकर्षण गर्ने स्थलका रूपमा यसको विकास गर्न लागिएको र सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गर्नुभयो । पुम्दीकोटलाई शिवधामका रूपमा स्थापित गरी धार्मिक केन्द्रका रूपमा विकास गरेमा स्वाभाविकरूपमा आम्दानी बढेर जाने उहाँको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता खेमराज पौडेल, वडाध्यक्ष मित्रलाल बराल, पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बराल, सचिव प्रकाश बराल, आर्किटेक्ट इञ्जीनियर बाबुराम बराललगायतले पुम्दीकोटको धार्मिक पर्यटकीय सम्भावनालगायत विषयमा बोल्नुभएको थियो । पुम्दीकोटमा राखिएको महादेवको मूर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालका अनुसार अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ र २५ प्रतिशत काम पनि छिट्टै सकिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.