चितवन सेरोफेरो
चितवन, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका...
चितवन, २९ मङ्सिर । चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गर्नुभयो । कालिका...
चितवन, २८ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन...
चितवन, २८ मङ्सिर । जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा...
चितवन, २८ मङ्सिर । यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा...
चितवन, २६ मङ्सिर । नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिमा नामसमावेश भएकाहरुलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ । पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते...
चितवन, २६ मङ्सिर । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा...
चितवन, २५ मङ्सिर । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ...
चितवन, २४ मङ्सिर । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार...
चितवन, २३ मङ्सिर । ‘आँखा चिम्म गरी सपनाको दुनियाँमा हराउनु पर्दैन, आफू सध्य छौँ भने कोहीसँग डराउनु पर्दैन’ जेनजी आन्दोलनका अगुवा अधिराज यादवले यो श्लोक वाचन गर्दा हलमा परर ताली बज्यो । जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना तथा भ्रष्टाचारविरुद्धको अभियान...

















