सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १३:४७ 
  • चितवन, १९ चैत । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

    गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा सङ्कलनको काम सुरु गरिने छ । उहाँले भन्नुभयो, “अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.