चितवन, २३ चैत । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा डा. रमेश घिमिरे सर्वसम्मत चयन हुनु भएको छ । आईतबार दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न अधिवेशनले मौलाकालिका अस्पताल भरतपुरका निर्देशक समेत रहनु भएका डा. घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
लायन वर्ष २०२६÷२७ लागि गठित समितिको प्रथम उपाध्यक्षमा यमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कमल घिमिरे, सचिवमा अश्विन गोले, कोषाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ र सदस्यहरुमा अर्जुन अर्याल र भरतप्रसाद अधिकारी रहनु भएको छ ।
क्लबका अध्यक्ष सिरिष पन्तको अध्यक्षतामा भएको अधिवेशनका अवसरमा क्लबका पूर्व अध्यक्ष तिलक रिमाल, सूर्यमान श्रेष्ठ लगायतको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष पन्तले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा सक्दो सेवा गरेको भन्दै आगामी दिनमा सेवाका कार्यहरुलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा इन्टर लायन्स ब्याडमिन्टर च्यापियनसिप प्रतियोगिता, बृहत रक्तदान कार्यक्रम, भरतपुर र माडीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिनुभयो । यसैगरी विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, देवघाटमा रहेको गार्गी कन्या गुरुकुलका कन्याहरुलाई भोजन जस्ता सामाजिक कार्य गरेको उहाँले चर्चा गर्नुभयो । भरतपुरको विशाल चोकमा जेष्ठनागरिक चौपारीमा शुद्ध खानेपानीको व्यवस्थापन छिट्टै गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष डा. घिमिरेले लायन्सको माध्यमबाट सेवा गर्ने अवसर मिलेको भन्दै क्लबको नीतिभित्र रहेर सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबका सदस्यहरुको संख्या बृद्धि गर्दै लगिने बताउँदै उहाँले सबै मिलेर सेवामा जुट्न सबैलाई आव्हान गर्नुभयो ।
अध्यक्ष डा. घिमिरेले आगामी जुलाई १ तारिखबाट आफ्नो जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँ मौलाकालिका अस्पताल भरतपुरको बरिष्ठ रेडियोलोजिष्ट हुनुहुन्छ । लायन्स विश्वमा समाजसेवाका क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो ।