चितवन सेरोफेरो
चितवन, १५ पुस । १३ औं राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रम गर्दै चितवनमा मनाईने भएको छ । नेपालमा आधुनिक कुखुरा पालन शुरु भएको दिन पुस १७ गते पोल्ट्री व्यवसायीहरुले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गरेर दिवस मनाउन लागेका हुन्...
नारायणगढ (चितवन), १४ पुस । रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने...
चितवन, १४ पुस । आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका...
चितवन, १४ पुस । आन्तरिक राजश्व कार्यालय खैरहनीबाट हुँदै आएका काम पूर्वी चितवनका चार पालिकाबाट हुने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा आज भरतपुरमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो । सम्झौतमा सम्बन्धित नगरपालिकाको क्षेत्र भित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरुलाई व्यक्तिगत...
चितवन १४ पुस । जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।उहाँले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले...
चितवन, १३ पुस । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तरराष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजन हुने भएको छ । सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण...
नारायणगढ (चितवन), १३ पुस । चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा...
चितवन, १३ पुस । । कर्मचारी मिलन केन्द्र चितवनको वार्षिक साधारण सभा रत्ननगर नगरपालिका–९ स्थित टिकौली बफर जोनको होमस्टेमा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काको अध्यक्षतामा नयाँ कार्य समिति...
नारायणगढ (चितवन), १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण...
मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य...

















