श्री कलेज अफ टेक्नोलोजीको १७ औं वार्षिकोत्सव सम्पन्न
न्युजभित्तो/२१ चैत्र २०८२, शनिबार १४:२४
चितवन, २१ चैत । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायका डीन प्रा. डा. शैलेशमणि पोखरेलले अध्यापनबाट मात्रै नभई शिक्षकहरुको व्यवहारबाट पनि विद्यार्थीलेहरुले सिक्ने बताउनु भएको छ । शनिबार भरतपुरस्थित श्री कलेज अफ टेक्नोलोजीको १७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षकहरुको आनीबानी, व्यवहार, चालचलनबाट पनि विद्यार्थीहरुले सिक्ने बताउनु भएको हो । उहाँले शिक्षक अनुशासित भए विद्यार्थीहरु पनि अनुशासित हुने बताउनुभयो ।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रा.डा. पोखरेलले पढाईलाई पहिलो प्राथमिकता दिंदै अतिरिक्त क्रियाकलाप समेत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अतिरिक्त क्रियाकलाप जीवनका लागि महत्वपूर्ण हुन्छ ।”
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्राष्ट्रिय रुपमा अब्बल र नेपालमा रोजगार पाउने विद्यार्थी उत्पादन गर्न लागिपरेको बताउँदै कोर्षहरु पनि समय सापेक्ष परिवर्तन गर्दै लगिने बताउनुभयो । विश्वविद्यालयले अब एमएससी बायोस्टाटिस्टिक्स एण्ड डाटा साइन्स विषय अध्यापन गराउने गृहकार्य शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, यो कार्यक्रम गत वर्षदेखि कार्यशाला (वर्कसप) मार्फत तयारिमा राखिएको र अहिले अन्तिम चरणमा पुगेको छ । यो कोर्स अनलाइन र भौतिक कक्षा माध्यमबाट सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस अध्ययनका लागि स्नातक उत्तीर्णलाई योग्य मानेका छौँ, तर विशेषगरी पेशागत (प्रोफेशनल) व्यक्तिहरूलाई लक्षित गरेका छौँ ।” उहाँले यो कोर्स २ वर्षको हुने जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा तथ्याङ्क व्यवस्थापन र विश्लेषणमा समस्या रहेको भन्दै उहाँले यसका लागि यो कोर्स आवश्यक भएको बताउनुभयो । सरकार र स्वास्थ्य संस्थाहरूमा यस्तो दक्ष जनशक्तिको अभाव रहेको पनि उहाँको भनाई छ । प्रा.डा.पोखरेलले थप्नुभयो, “हरेक अस्पतालमा रिसर्च सेन्टर हुन्छ, तर त्यसका लागि आवश्यक विश्लेषण गर्ने जनशक्ति अभाव छ । अहिले केही पब्लिक हेल्थ वा अन्य विषय पढेका व्यक्तिहरूले काम गरिरहेका छन्, तर विशेष रूपमा हेल्थ डेटा सम्हाल्ने दक्ष जनशक्ति आवश्यक छ ।”
उहाँले छिमेकी देश भारतमा यस्तो अध्ययन सुरु भइसकेको र नेपालमा यो नयाँ विषय हुने बताउनुभयो । विश्वविद्यालयले छिट्टै सूचना निकालेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र शंकायका ३९ वटा कलेजमध्ये १० वटा बन्द भईसकेको भन्दै उहाँले यस्तो विद्यार्थी ‘क्राईसिस’ को समयमा समेत श्री कलेज दिगो रुपमा सञ्चालन हुनु यसको राम्रो पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा मानविकी, शिक्षा र कानुन शंकायका डिन प्रा.डा. कोमलप्रसाद दुलालले यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरुले कहाँ के गरिरहेका छन् भन्ने बारे कलेजले खोजि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले उत्पादन गरेका विद्यार्थी कहाँ र केमा छन् भन्ने तथ्यांक भएमा भावि दिनमा शिक्षाको नीतिगत परिवर्तन गर्न सहज हुन्छ ।” श्री कलेजले स्वास्थ्यसँग कानुन विषय समेत अध्यापन शुरु गरेको भन्दै उहाँले यहाँ रहेको भौतिक पूर्वाधार त्यसका लागि पर्याप्त भएको बताउनुभयो ।
श्री कलेजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सरोज ढकालले श्रीका नाममा तीन वटा कलेज एउटै व्यवस्थापनमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले श्री कलेज अफ टेक्नोलोजीसँगै श्री कलेज अफ ल र श्री चितवन कलेज आफूहरुले सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले आफ्नो कलेजले त्रिभुवन विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित नाम चलेका कलेजहरुसँग प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । ढकालले भन्नुभयो “हामी पढाईमा कम्प्रमाईज गरेका छैनौं, गर्ने पनि छैनौं ।” अन्य विश्वविद्यालयबाट सञ्चालित कलेजभन्दा आफ्नो कलेज कुनै कुरामा कमी नभएको उहाँको भनाई थियो ।
नेशनल सिटी अस्पतालका निर्देशक एवं कलेज बोर्ड सदस्य डा.निर्मल लामिछानेले यस कलेजको प्रयोगात्मक कक्षाका लागि सुविधासम्पन्न एक सय शैयाको नेशनल सिटी अस्पताल रहेको बताउनुभयो ।
सो अवसरमाम कलेजका प्रिन्सिपल नन्दकिशोर भट्टले हालसम्म एक हजार पाँच सय विद्यार्थीले यस कलेजबाट अध्ययन पूरा गरेको जानकारी दिंदै हाल ३९६ विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । कार्यक्रममा भाईस प्रिन्सिपल वविता घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा अध्ययन र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । कार्यक्रमको बीच–बीचमा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए ।
बि.सं. २०६३ सालदेखि चितवनमा शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका शिक्षाविद् तथा व्यवसायिहरुको पहलमा चितवन यो कलेजको स्थापना भएको हो । कलेजले हाल चितवन र यस आसपासमा नै पहिलो पटक बि.ए.÷एल.एल.बी अध्ययन गर्न श्री कलेज अफ ल सञ्चालनमा ल्याएको छ । बि.सं. २०६३ सालमा श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाममा स्थापना भएको यो कलेजले विभिन्न प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको छ । श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाम परिवर्तन गरी हाल श्री कलेज अफ टेक्नोलोजी बनाएको छ ।
श्री कलेज अफ टेक्नोलोजीमा वी फार्मेसी, विएस्सी नर्सिङ्ग, बिएन, विपिएच, एमपिएच, एम फर्माको अध्यापन हुन्छ भने यसको भगिनी संस्था श्री चितवन कलेजमा डिप्लोमा इन फार्मेसी, एचए, ल्याब टेक्निसियन लगायतका प्राविधिक शिक्षा अध्ययन हुँदै आएको छ । यहाँ अध्ययन गरी एक हजार पाँच सय बढी विद्यार्थी स्वदेश तथा विदेशका विभिन्न सरकारी, निजी र सामुदायिक संस्थामा रोजगारी तथा स्वरोजगार बनिसकेका छन् ।