चितवन सेरोफेरो

रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा
-न्युजभित्तो

चितवन, २३ मङ्सिर । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौँ पुगेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौँ पुगेका हुन् । महानगरपालिका प्रमुख दाहालकाअनुसार...

अण्डाको मूल्य हालसम्मकै उच्च
-न्युजभित्तो

चितवन, २२ मङ्सिर । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका...

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
-न्युजभित्तो

चितवन, २२ मङ्सिर । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही...

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
-न्युजभित्तो

चितवन, २२ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम...

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
-न्युजभित्तो

चितवन, २१ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताउनुभएको छ । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

कार्यालय बन्द हुँदा पनि जरिवाना तिर्नु परेको सेवाग्राहीको गुनासो
-न्युजभित्तो

चितवन, २१ मङ्सिर । भरतपुर महानगरपालिका–२ का आनन्द राउत पटकपटक कार्यालय जाँदा पनि सवारी चालक अनुमति पत्र र सवारीको कर तिर्न पाउनुभएन । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा यातायात कार्यालय क्षतिग्रस्त भएको थियो । आगलागीका कारण कार्यालयमा क्षति पुगेपछि...

रोटरीको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा
-न्युजभित्तो

चितवन, २१ मङ्सिर । रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । सहज, पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी सङ्घ नेपालद्वारा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो ।  विगत २४ वर्षदेखि...

बिमाका लागि पशुको नामसारी अनिवार्य
-न्युजभित्तो

चितवन, १९ मङ्सिर । पशु बिक्री गर्दा बिमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बिमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बिमा नगर्न आग्रह गरिएको हो । चितवन...

पाँच वर्षमा पनि बनेन सिटीहल
-न्युजभित्तो

चितवन, १९ मङ्सिर । दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ । विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर...

तीस जना कैदीबन्दी त्रिपालमुनि
-न्युजभित्तो

चितवन, १९ मङ्सिर । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् । जेनजी आन्दोलनपछि भागेर फर्किएका...