सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान


  •    न्युजभित्तो/२२ चैत्र २०८२, आईतवार १२:२२ 
  • चितवन, २२ चैत । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो ।

    जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको उहाँले जानकारी दिनुभयो ।

    ‘जापानिज इन्सेफ्लाइटिस’का कारण जिल्लामा सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना सङ्क्रमित भएका जनाइएको छ । सन् २०२५ मा १६ जना सङ्क्रमित हुँदा पाँच जनाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । किट नियन्त्रक केसीले यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.