सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १४:१६ 
  • चितवन, १६ चैत । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन र पत्रकारहरूसँगको सम्बन्धसँगै रक्तदानको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारीले महासङ्घको स्थापनादेखि हालसम्म प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि महासङ्घले गर्दै आएका कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

    महासङ्घ जिल्ला अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरेलगायतले महासङ्घको स्थापना दिवसको शुभकामनासँगै रक्तदान गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीलगायत पत्रकारसँग आबद्ध विभिन्न सङ्घ सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।  

    जिल्लामा दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले मागको आधा रगत सङ्कलन नहुँदा अभाव भएको छ । संघसंस्थाले गरेका  रक्तदान कार्यक्रमहरूमा समेत रगत सङ्कलन कम हुने गरेको छ ।

    रगतको अभाव भएपछि नेपाल रेडक्रश सोसाईटीले सूचना जारी गरेर रक्तदान गर्न अपिल गरेको थियो । सोपश्चात सङ्घसंस्थाहरूले रक्तदान गरिरहेको भए पनि माग थेग्न सकेको छैन । जिल्लामा रहेको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई ठूला मेडीकल कलेज र २० वटा भन्दा वढी नीजि अस्पतालमा आउने बिरामी र दुर्घटनाका घाइतेलाई धेरै रगत आवश्यक पर्ने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.