सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको श्री कलेज अफ लमा बि.ए.एलएल.बी को भर्ना खुल्यो


  •    न्युजभित्तो/८ असार २०८३, सोमबार १२:४३ 
  • चितवन, ८ असार । चितवनमा श्री कलेज अफ ल सञ्चालनमा आएको छ । भरतपुर–१२ गोन्द्राङ्गमा रहेको श्री कलेज अफ टेक्निोलोजीको भगिनी संस्थाको रुपमा श्री कलेज अफ लमा बिए एलएल बीको भर्ना खुल्ला भएको छ । चितवनको पहिलो ल क्याम्पस श्री कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्ला गरेको हो ।

    कलेजका सञ्चालक सरोज ढकालका अनुसार श्री कलेज अफ लमा बि.ए एलएल.बी अध्ययन गर्न पाईने छ । पाँच वर्षे एकीकृत स्नातक तहको नयाँ कार्यक्रममा भर्ना प्रक्रिया शुभारम्भ भईसकेको उहाँले जानकारी दिनुभयो ।

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्चालन गर्दै आएको कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्ला गरेको हो । उहाँले भन्नुभयो “चितवन र छिमेकी जिल्लामा समेत कानुनमा स्नातक पढ्न समस्या थियो, हामीले त्यसैलाई मध्यनजर गर्दै बिए एलएलबी कक्षा गत वर्षबाट सञ्चालन गर्दै आएका छौं ।” हाललाई ६० जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गरिने उहाँको भनाई छ । कुनै पनि विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थी भर्ना हुन पाउने उहाँले जानकारी दिनुभयो ।

    सञ्चालक ढकालले भन्नुभयो “भविष्यका दक्ष, सक्षम र जिम्मेवार कानुन व्यवसायीहरु उत्पादन गर्न यो कार्यक्रम सफल हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।”

    गत वर्षबाट नै कक्षा सञ्चालन गरेको क्याम्पसले भर्ना हुने आउने पहिलो १५ जना विद्यार्थीलाई विशेष छुट दिएको जनाएको छ । चितवनमा श्री कलेज अफ टेक्निोलोजीले स्वास्थ्यका विभिन्न संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । स्वास्थ्य क्षेत्रको उत्कृष्ट पढाईकै कारण यो कलेजमा भर्ना हुन निकै विद्यार्थी आउने गर्दछन् । यसैको भगिनी संस्थाको रुपमा श्री कलेज अफ ल आएको हो ।

    Advt.

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
    अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
    आलेखः भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
    • प्रधानमन्त्रीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण
    • सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण
    • सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
    • नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.