सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै


  •    न्युजभित्तो/४ असार २०८३, बिहीबार १४:४३ 
  • चितवन, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ । 

    उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।  

      केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिनुभयो । 

    त्यसैगरी, २०७९ को आम निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुलाई समेत प्रतिनिधिका रुपमा सहभागी गराइने भएको छ । 

    यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरु महाधिवेशन प्रतिनिधिमा रहनुहुनेछ । 

    केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरु महाधिवेशन प्रतिनिधिका रुपमा हुनेछन् । तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरु र सल्लाहकार पनि  प्रतिनिधिका रुपमा रहनु हुनेछ ।

    सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरु, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँचजना महाधिवेशनका लागि प्रतिनिधि बन्नुहुनेछ ।

    विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरु, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनुहुनेछ । विभिन्न २५ देशबाट प्रतिनिधिहरु आउने तय भएको छ । ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताउनुभयो । 

    यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुईसय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । 

    विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ । महाधिवेशन प्रतिनिधिको एकिन सङ्ख्या साँझसम्ममा तय हुने उहाँले बताउनुभयो । 

    यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी हुनेहरुको सूची पनि तयार हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरु, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ ।  

    महाधिवेशनको पहिलोदिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ ।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पहिलो चरणमा एकजना सभापति र ९९ जना सदस्य चयन गर्दैछ । निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिनुभयो ।

    महाधिवेशन तयारीका लागि केन्द्रीय नेताहरु आउने क्रम सुरु भइसेको । महाधिववेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमितिले आ¬–आआफ्नो काम गरिरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.