चितवन सेरोफेरो
माडी (चितवन), १४ असार । ७२ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ लक्ष्मी निवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले चिउरीका विरुवा रोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि...
चितवन,१४ असार । सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ५ स्थित तीन नम्वर पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन्...
चितवन,१४ असार । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र...
चितवन,१४ असार । चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा ९३ हजार एक...
चितवन,१४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताउनुभएको छ । केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार शुभारम्भ गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेकोउल्लेख गर्नुभयो । भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी...
चितवन,१३ असार। चितवनको कालिका नगरपालिकाले खाना नफाल्ने नीति अघि सारेको छ । नगर प्रमुख विनोद रेग्मी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खाना जोगाउने नीति अघि सारेको जानकारी दिनुभयो । प्रमुख रेग्मीले विवाह, व्रतबन्ध, पास्नी, भोजभतेर, वनभोज जस्ता पारिवारिक,...
चितवन,१२ असार। समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाट गाँउपालिकाले कालो सूचीमा राखेको छ । देवघाट गाँउपालिकाले घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दासमेत कार्य सम्पन्न नगरेपछि कालो सूचीमा राखेको हो । देवघाट गाँउपालिकाका प्रमुख...
चितवन,१२ असार। सडक अवरोध गर्ने वा सडक कुरुप बनाउने होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरले निर्देशन दिएको छ । महानगरले सोमबार एक सूचना प्रकाशित गर्दै सो निर्देशन दिएको हो । सूचनामा सार्वजनिक सडकहरुमा अनाधिकृतरुपमा आवागमनमा बाधा पु¥याउने गरी राखिएका निर्माण...
चितवन, १२ असार। आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । महानगरको १३औँ नगरसभाका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ । महानगरको नगरसभा आज...
चितवन,११ असार। चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार कम छ । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९४ करोड ८८...











