प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्न रत्ननगरमा किनमेल गर्ने वातावरणमैत्री झोला वितरण
न्युजभित्तो/१६ श्रावण २०८०, मंगलवार १५:३८
चितवन,१६ साउन । प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्न रत्ननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले किनमेल गर्ने वातावरणमैत्री झोला बितरण गरेको छ ।
विद्यालयले प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा एक हजार थान मार्केटिङ झोला बितरण गरेको हो । सोही अवसरमा विद्यालयले रत्ननगर नगरपालिका वडा नम्बर १ को कार्यालय, छिमेकी टोल विकास संस्थाहरुलाई ५०\५० थान झोला र शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई एक एक थान झोला वितरण गरेको छ ।
विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम त्रैमाशिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई टीका, अबिर लगाइ पुरस्कार वितरण गर्नुका साथै झोला बितरण गरिएको छ । वडा अध्यक्ष कुलप्रसाद सापकोटाले लाइसियम स्कुल र वडा कार्यालयबीचको सहकार्य बिगत देखिनै उत्कृष्ट रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तरगत प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्न बजार झोला वितरण गर्ने कार्यक्रमले झनै बलियो बनाएको विचार व्यक्त गरे ।
झोलालाई सदुपयोग गरी बजार जाँदा प्रयोग गरेर प्लास्टिकको प्रयोग कम गर्न सम्पूर्ण रत्ननगरबासीलाई आह्वानसमेत गरे । मन्तव्यको क्रममा अनकोन नेपालका प्रतिनिधि बासुराज विष्टले अनकोन नेपाल र आमा फाउण्डेसनले देशमा विभिन्न भागमा रचनात्मक र मानव सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको र निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले परीक्षामा कति अंक प्राप्त गरेँ, प्रथम भएँ वा भईन भन्ने भन्दा पनि मैले यो शैक्षिक वर्षको तीन महिनामा के सिकेँ, घर परिवार र समाजका लागि के गरेँ भन्ने महत्वपूर्ण कुरा भएको विचार राखे । उनले अब सबै मिलेर प्लास्टिकको प्रयोग कम गरेर, प्रयोग भएको प्लास्टिकको उचित व्यवस्थापन गरेर वातावरण प्रदूषण न्यूनीकरण गर्ने अभियानमा लाग्नका लागि सबैलाई आह्वान गर्नुका साथै झोला तयार गर्न सहयोग गर्नु हुने अनकोन नेपाल र आमा फाउण्डेसन प्रति आभार व्यक्त गरेका थिए ।
प्रधानाध्यापक पौडेलले स्वागत मन्तव्य राख्दै प्लास्टिकको प्रयोग र यसको उचित व्यवस्थापन हुन नसकेका कारण वातावरणमा पर्न गएको नकारात्मक असर र अब गर्नुपर्ने कार्यका बारेमा प्रकाश पारेका थिए भने भानु टोल विकास संस्थाका अध्यक्ष बसन्त भट्टराईले नतिजा प्रकाशनका अवसरमा बजारमा झोला बितरण गरेर समाजमा जिम्मेवार संस्थाको भूमिका निर्वाह गरेकोमा लाइसियम स्कुल परिवारप्रति आभार प्रकट गरेका थिए ।