सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक : १९ पटकमा ९० घण्टा अवरुद्ध


  •    न्युजभित्तो/१६ श्रावण २०८०, मंगलवार ११:१७ 
  • चितवन, १६ साउन । आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक अमित पौडेल काठमाडौं पुग्न हतारिएका थिए। दिउँसो सवा ३ बजे पुल्चोक निस्केका पौडेललाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो।

    ‘बर्खामा कतिखेर पहिरो खस्छ, थाहै हुन्न। ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ,’पौडेलले भने, ‘मुग्लिन कटेपछि बल्ल शान्त हुन्छ।’ आइतबार दिउँसो ३ बजेसम्म सडक अवरुद्ध थियो। बर्खायाममा यो खण्ड छिचोल्न निकै सकस हुने गरेको उनी बताउँछन्। सडकमाथिबाट खस्ने पहिरोका कारण केही वर्षयता बर्खायाममा सास्ती खेप्दै आएको उनी बताउँछन्।

    संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । यसपालि जेठ २० गते जान सुरु गरेको पहिरो १९ पटकसम्म खसिसकेको छ।

    यो अवधिमा ९० घन्टा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। देशभरका राजमार्गमा १३९ पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकमा मात्रै १९ पटक गएको हो। बढीमा तीन दिनसम्म ट्राफिक अवरोध हुनेगरी पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।

    यसपालि विशेष गरेर तुइन खोला, १८ किलो, मौरी पुलमा नियमितजस्तै पहिरो खसिरहेको उनले जानकारी दिए। यो अवधिमा कालिकाखोलामा सातपटकसम्म पहिरो खसेर सडक अवरुद्ध भएको छ।

    त्यस्तै तुइन खोलामा पाँच, नाम्सी खोलामा दुई, १८ किलोमा तीन पटकसम्म पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको इन्जिनियर कार्की बताउँछन्। तीमध्ये नाम्सी खोलामा असार १४, १५ र १६ गते लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। यो समाचारको आजको नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.