सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविले निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरे


  •    न्युजभित्तो/१७ श्रावण २०८०, बुधबार १२:५५ 
  • चितवन,१७ साउन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

    बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ । उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत संचालन गरिने जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.