सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविले सुरु गरेको ‘ब्लु बस’ कुन–कुन रुटमा चल्छ ?


  •    न्युजभित्तो/१८ श्रावण २०८०, बिहीबार ११:३० 
  • चितवन,१८ साउन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजोदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याए । महिलाहरुका लागि मात्रै भनेर लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर ल्याइएको बस लामिछानेको निर्वाचन क्षेत्र (कालिका र भरतपुर)मा मात्रै चल्ने छ ।

    रास्वपाको ब्राण्डिङ कलर निलो भएकाले बसमा पनि निलो कलर लगाइएको लामिछानेले बताए । बस भाडा तिर्ने स्रोतबारे भने उनले खुलाएका छैनन् । निःशुल्क बस प्रयोग गर्न महिलाहरुलाई कार्ड दिइएको छ । उक्त कार्ड मेशिनले स्क्यान गरेपछि मात्रै महिलाहरु बसभित्र पस्न पाउँछन् । सार्वजनिक यातायातमा महिलाहरुलाई धेरै समस्या हुने भएकाले महिलालाई मात्रै भनेर निःशुल्क बस ल्याएको उनी बताउँछन् ।

    यो बस भरतपुर अस्पताल केन्द्रित भएर चल्ने लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले बताए । महिलाहरुलाई उपचारका लागि अस्पतालमा आउन सहज होस् भनेर अस्पताल केन्द्रित गरिएको उनी बताउँछन् । उनका अनुसार बिहान ७ बजे शक्तिखोरबाट बस छुट्छ । पहाडी इलाकाबाट चेपाङ समुदायका महिला तल झर्न समय लाग्ने भएकाले केहि ढिलागरी बस छुट्ने उनले बताए ।

    शक्तिखोरबाट छुटेको बस जुटपानी–क्लब चोक–पदमपुर हुँदै भोजाड निस्किएर विशाल चोक–राजस्व कार्यालयबाट घुमेर भरतपुर अस्पताल गेट हुँदै चौविसकोठी पुग्ने छ । त्यसपछि बसले एक पटक रिङ रोड घुम्ने उनले बताए । आँपटारीबाट देवघाट हुँदै भित्रि बाटो भएर ठिमुरा निस्किने बस रामनगर–आँपटारी–बाइपास रोड–अस्पताल रोड हुँदै पुलचोक पुग्छ । पुलचोकबाट बस शिवघाट–जेम्स वल्र्ड फनपार्क हुँदै धर्मचोक–चौविसकोठी–अस्पताल रोड हुँदै भरतपुर अस्पताल पुग्ने उनले जानकारी दिए ।

    त्यहाँबाट जिल्ला समन्वय समितिको कार्यालय हुँदै हाकिमचोक निस्किने बस केन्द्रिय बसपार्क चोक पुग्छ । त्यसपछि मालपोत चोक आएर अस्पताल आसपासका महिला चढेपछि विशालचोक–पदमपुर–खोलेसिमल–क्लब चोक–जुटपानी हुँदै शक्तिखोर पुगेर बस रोकिने सिग्देलले बताए ।

    लोकेशन अनुसार बसले विभिन्न ठाउँको नाम बताउने छ । बसमा जिपिएस जडान गरिएको सिग्देलले बताए । ‘अब कुन ठाउँ आउँछ भनेर पनि सिस्टमले नै बताउने छ । त्यो रवि सरकै आवाजमा हुन्छ’, उनले भने, ‘आवश्यकता अनुसार महिलाहरुलाई जति पनि कार्ड बाँड्न सकिन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.