सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जन्मदिनको अवसरमा पण्डितले गरे चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग


  •    न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार १९:४५ 
  • तनहुँ, २ फागुन । जन्मदिनको अवसरमा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य उपेन्द्र पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि पण्डितले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    रतनपुर चितवन मिलन समाजका सहसचिवसमेत रहेका पण्डितले आफ्नो पुख्यौली जन्मथलो तनहुँको भानु नगरपालिका वडा नं. १२ रतनपुर अर्चलेमा रहेको श्री राष्ट्रिय जलदेवी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बीचमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् । पण्डितले विद्यालयमा पढ्ने ३८ जना बालबालिकालाई जन्मदिनको अवसरमा पोशाक, एक बर्षलाई पुग्ने कापी, कलम, मन्जन, ब्रस लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

    प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं पण्डितले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । उनले भवनका लागि आफूले ब्यक्तिगत रुपमा र अन्य साथीहरुबाट समेत सहयोग जुटाउन पहल गरेको भन्दैं पत्रकारहरुको संस्थागत विकासका लागि भवन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।

    पण्डितले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आनन्द लाग्ने बताए । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पण्डितलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । उनले पण्डितले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलान भैसकेको छ । भवनको फिनिसिङको काम भैरहेको छ ।

    भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.