सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रममा सेन्ट्रल कलेजको सहकार्य


  •    न्युजभित्तो/४ फाल्गुन २०८०, शुक्रबार ११:१४ 
  • चितवन, ४ फागुन । लागूऔषध दुर्व्यसनी विरुद्ध भरतपुरमा सचेतनामुलक मोटरसाइकल र्‍याली निकालिएको छ । गणेशस्थान टोल विकास संस्थाको आयोजना तथा लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समिति र गणेशस्थान आमा समूहको सहआयोजनामा भरतपुरका विभिन्न स्थानको परिक्रमासहित मोटरसाइकल र्‍याली निकालिएको हो । उक्त कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले सहकार्य गरेको हो ।

    भरतपुर–११ स्थित गणेशस्थानबाट प्ले कार्डमा बाजागाजासहित निस्किएको र्‍याली पोखरा बसपार्कबाट नारायणगढ बजार हुँदै चौबीसकोठी, मालपोत चोकबाट नौरङ्गे र जङ्गलछेउको बाटोबाट पुनः गणेशस्थान आएर टुङ्ग्याएको थियो ।

    सेचतनामुलक मोटरसाइकल र्‍यालीमा बोल्दै सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलाश ९वाईबी० पौडेलले समाजका लागि अतिआवश्यक अभियान भएकोले समाजमा सकारात्मक सन्देश फैलाउने काममा जोडिएको बताए । ‘विकास भनेको सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माण मात्रै होइन । लागुऔषध दुर्व्यसन न्युनिकरण गर्नु पनि विकास हो । आज धेरै युवायुवतीहरु लागुऔषधमा फस्नुभएको छ । त्यसलाई कम गर्न लागुऔषध बेचविखन तथा सेवनविरुद्ध सचेतना जगाउने अभियानमा हामी जोडिएका हौँ’, उनले भने ।

    सचेतनामुलक मोटरसाइकल र्‍यालीका लागि सेन्ट्रल कलेजले जर्सी, व्यानर र गाडि प्रयोग गर्न दिएर सहयोग सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सेन्ट्रल कलेजले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

    भरतपुर–११ मा पर्ने नवजागृति सामुदायिक वन र जलदेवी सामुदायिक वनक्षेत्रमा लागू पदार्थ दुर्व्यसनका घटना बढ्दै गएपछि त्यसलाई कम गराउनका लागि एक महिनादेखि लागूऔषध दुर्व्यसनविरूद्धको कार्यक्रम गर्दै आएको लागूऔषध दुर्व्यसन सचेतना तथा न्यूनीकरण समितिका सचिव रेशम सापकोटाले जानकारी दिए ।

    उनका अनुसार स्थानीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनका लागि बृहत् र्‍याली आयोजना गरिएको उनले बताए । ‘स्थानीय तहले बाहिर देखिने संरचना निर्माणमा मात्रै ध्यान केन्द्रित गरेको हामी पाउँछौँ । त्यसकारण समाजमा हुँदै आएको बेथिति र विसङ्गतिविरूद्ध पनि बजेट व्यवस्थापन गरेर समाज रुपान्तरणमा लाग्न सकिन्छ भन्ने सन्देश दिन पनि यो महाअभियान सञ्चालन गरेका हौँ’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.