चितवन सेरोफेरो

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
-न्युजभित्तो

चितवन, ४ भदौ । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक...

प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
-न्युजभित्तो

चितवन, ४ भदौ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण भरतपुर र पोखरा गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक...

भरतपुर क्षेत्रमा भारी वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा बाढी र पहिरोको जोखिम
-न्युजभित्तो

चितवन, ४ भदौ । पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपासमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्रमा थप वर्षा हुन् सम्भावना छ...

सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु का बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने
-न्युजभित्तो

भरतपुर, ३ भदौ । शैक्षिक क्षेत्रमा अब्बल बन्दै गइरहेको सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु अध्ययन गरेका बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कलेजले भोली (मंगलबार) र पर्सी (बुधबार) सम्मान कार्यक्रमको आयोजना गरेको हो ।...

गोल्डेन इमिनेन्टको भदौ ४ देखि ४ दिने शैक्षिक मेला
-न्युजभित्तो

चितवन, भदौ २ गते  । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि...

सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण
-न्युजभित्तो

सौराहा, २ भदौ । पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकहरूलाई आकर्षित गर्न ‘छतिया स्ट्रिट’ निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौराहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण...

चितवनको धानबालीमा रोगको समस्या
-न्युजभित्तो

चितवन, ३१ साउन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने,...

मैयादेवी कन्या क्याम्पसको छात्रवृत्तिमा छोरीबुहारीलाई प्राथमिता
-न्युजभित्तो

चितवन, ३० साउन । यहाँस्थित मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ । साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग...

प्रेस चौतारीको भवन निर्माणका लागि सेन्ट्रल कलेजबाट २ लाख सहयोग
-न्युजभित्तो

चितवन, २९ साउन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका...

साउनको अन्तिम सोमबारः देवघाटमा ५० हजार भक्तजन आउने अनुमान
-न्युजभित्तो

काठमाडौँ, २८ साउन । आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय...