सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनमा सेन्ट्रल ग्रुप,चार महिने यात्रामा अध्यक्ष पौडेल


  •    न्युजभित्तो/६ कार्तिक २०८१, मंगलवार ११:५९ 
  • चितवन, ६ कात्तिक । चितवन, नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल ग्रुपले बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि कार्यक्रम गर्ने भएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायीक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ । उहाँले युकेसंगै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा चार महिना व्यवसायीक प्रबद्र्धनका कार्यक्रम गर्नुहुनेछ । ‘विश्वका विकसित देशहरुमा रहेका कलेज युनिभर्सिटीसंग छलफल र सहकार्यका बिषयमा कार्यक्रम आयोजना हुनेछ,उहाँले भन्नुभयो,यसले कलेजलाई थप विश्वासिलो र भरपर्दो बनाउन सहयोग पु¥याउनेछ ।’

    सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । ग्रुपले सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.