सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन


  •    न्युजभित्तो/१ कार्तिक २०८१, बिहीबार १५:३५ 
  • चितवन, १ कात्तिक । उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो ।

    खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि थोरै रकम दिएर पठाउने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लगेका मानिसले के गर्छन् थाहा छैन, तर रु पाँच सय–हजार दिएर पठाउने गर्छौँ ।” बाच्छी मात्रै जन्मिने सिमेन (वीर्य) पाइने भएकाले त्यसतर्फ राज्यले ध्यान दिन सके यो समस्या हट्ने उहाँको भनाइ छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले उन्नत जातका गाई पाल्ने सबैका लागि यो जटिल समस्याका रुपमा रहेको बताउनुहुन्छ । आफूले तीनवटा बहर पालिरहेको बताउँदै उहाँले भन्नुभयो, “त्यत्तिकै पठाउन सकिँदैन, पालेर पनि प्रतिफल पाइँदैन ।”

    भर्खर जन्मिएका बाच्छालाई २० दिनदेखि एक महिनाभित्रमा नाम्ले जुकाको औषधि खुवाउने गरिन्छ । कतिपयले त्यो औषधि नखुवाएर बाच्छाको ज्यान जाने गरेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “किसानका लागि उन्नत जातका गाईको बाच्छो निकै जटिल छ ।”

    पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील केसी बाच्छी मात्रै जन्माउनका लागि ‘सेक्सड् सिमेन’ प्रयोग गर्नुपर्ने भए पनि यो महँगो र सहज उपलब्ध नहुने भएकाले कम प्रयोग गरिने बताउनुहुन्छ । एउटा गाईलाई एक पटकमा रु एक हजार दुई सय हाराहारी खर्च गरेर बाच्छी जन्माउन सकिने उहाँको भनाइ छ । यद्यपि गर्भधारणको प्रतिशत कम हुने उहाँले बताउनुभयो ।

    सामान्यतया नेपालमा उत्पादन गरिएको उन्नत जातको सिमेन रु ३० मा पाइने भएकाले यसैलाई अधिकांश गाइपालक किसानले प्रयोग गर्दै आएका छन् । यसबाट बाच्छा वा बाच्छी जुनसुकै जन्मिन सक्छ । जिल्लामा एक लाख बढी उन्नत जातका गाईपालन भइरहेको छ ।

    मधेस प्रदेशका कृषि सचिव डा शरण पाण्डेले प्राकृतिक नियम विपरीत बाच्छी मात्रै जन्माउने सिमेन प्रयोग गर्न नहुने बताउनुभयो । बाच्छा–बाच्छी र गाई विदेश निर्यात गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले नीतिगत निर्णय गरेर भारत र बङ्गलादेश पठाउन सके किसानलाई लाभ हुने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.