banner news
बैतडी, २३ पुस । खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका...
तनहुँ, २३ पुस । जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको...
वालिङ (स्याङ्जा), २३ पुस । गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस...
नारायणगढ, (चितवन), २३ पुस । ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा...
काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई त्तकाल समाधान गर्न आग्रह गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको...
जलेश्वर (महोत्तरी), २३ पुुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा...
चितवन, २३ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार...
वीरगञ्ज (पर्सा), २३ पुस । सर्वदलीयरसर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो ।...
गण्डकी, २३ पुस । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई...
कर्णाली, २३ पुस । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट...

















