सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १२:५९ 
  • गण्डकी, २३ पुस । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

    महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

    जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उहाँले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताउनुभयो । यस वर्ष अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।

    रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ”, उहाँले भन्नुभयो, “यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ ।” 

    यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि  एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.